बिहे गर्न लगेर प्रेमिकाको घाँटी रेटेपछि…

<span class='c1'>बिहे गर्न लगेर</span> <span class='c2'>प्रेमिकाको घाँटी रेटेपछि…</span>

तेह्रथुम, ३ पुस । तेह्रथुमको छथर गाउँपालिका–१, मार्गापोखरी नजिकै प्रेमिकालाई खुकुरीले घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, का ४५ वर्षीय लीलाबहादुर भण्डारीलाई मंगलबार दिउँसो लुमुघाटबाट पक्राउ गरेको हो । भण्डारीले प्रेमिका छथर गाउँपालिका–२, कि ३० वर्षीया नमुना बोहराको घाँटी रेटेर फरार भएका थिए । बेहोस अवस्थामा फेला परेकी प्रेमिका नमुनालाई सोमबार स्थानीयले फेला पारेर उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएका छन् ।

प्रहरीका अनुसार बोहरा र भण्डारी आइतबार राति डङडङेस्थित कमल शेर्पाको घरमा बास बसेका थिए । बिहान उठेर मार्गापोखरी धाममा दर्शन गर्न गएका थिए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु एकआपसको सल्लाहमै विवाह गर्ने गरी गएको प्रहरीको भनाइ छ ।

घाँटी रेटेर बेहोस् रहेकी महिलासँगै युवतीको झोला, युवकको चप्पल, र झोलामा सिन्दुर पोते समेत फेला परेको थियो । प्रेमी भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको क्रममा राखिएको प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले बताए ।

प्रेमी भण्डारी विवाहित छन् भने महिला अविवाहित रहेको खुलेको छ । घाँटीमा गम्भीर चोट लागेकी बोहराको अहिले उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्