धनकुटा डाँडाबजारकाे ध्वजे डाँडाबाट पनि प्याराग्लाइडिङकाे सफल परीक्षण

<span class='c1'>धनकुटा  डाँडाबजारकाे ध्वजे डाँडाबाट</span> <span class='c2'>पनि प्याराग्लाइडिङकाे सफल परीक्षण</span>

धनकुटा, ४ पुस । साहसिक खेल प्याराग्लाइडिङलाई सरकारले पोखरापछि पूर्वमा पनि एयर स्पेशका लागि अनुमति दिएसँगै उडान केन्द्र थपिँदै गएका छन् । धनकुटाको साँगुरी गाउँपालिकाको डाँडाबजारस्थित ध्वजे डाँडाबाट पनि प्याराग्लाइडिङ सफल परीक्षण गरिएसँगै पूर्वमा ८ उडान केन्द्र पुगेका छन् । यसअघि धरानका ६ स्थान र उदयपुरको बेलका नगरपालिकास्थित बेप्ताङबाट १ गरी ७ स्थानबाट प्याराग्लाइडिङ हुँदै आएको थियो ।

समुद्री सतहबाट ७ हजार फिटमा रहेको ध्वजे डाँडाबाट गत शनिवार नेपाल प्याराग्लाइडिङ हेण्डग्लाडिङ एशोसिएशन (नेफा) का प्रशिक्षकले सफल परीक्षण गरेका छन् । नेफाको आयोजनामा एक्सट्रिम धरानले संयोजन गरिदिएको परीक्षण उडानमा दुईओटा टेण्डम फ्लाइटसहित ५ जनाले सोलो फ्लाइटको सफल परीक्षण गरेका हुन् । दुई विदेशी नागरिकसहित २ जना प्याराग्लाइडिङ प्रशिक्षक र ३ जना सोलो पाइलटले धरानको रंगशालामा अवतरण गरेका थिए ।

देशकै सबैभन्दा लामो एयर स्पेशको अनुमति पाएकाले ध्वजे डाँडाबाट परीक्षण गरिएको थियो । प्रशिक्षकद्वय सुरेन गुरुङ, देशवीर जिमी, फ्रान्सेली पाइलट वेन, कोको, सोलो पाइलड पासा, राजेश लिम्बू र रामप्रसाद राई ध्वजे डाँडाबाट उड्न सफल भएका थिए । नेफाले प्याराग्लाइडिङका लागि पूर्वमा प्रशिक्षण केन्द्र नै स्थापना गरिसकेको छ ।

प्रदेश–१ मा सरकारले १ सय २४ किलोमिटर एयरस्पेशका लागि अनुमति दिएकाले अन्तरराष्ट्रिय स्तरको क्रसकन्ट्री प्रतियोगिता गर्न सकिने भएको छ । सबैभन्दा अग्ला ठाउँबाट प्याराग्लाइडिङका लागि रमाउन आउने पर्यटकले प्रदेश–१ कै आर्थिक समृद्धिमा टेवा पुर्‍याउने प्रशिक्षक सुरेन गुरुङले बताए । देशविदेशबाट आउने पर्यटकलाई आकर्षित गराउने उनको विश्वास छ । सूर्योदय हेर्नका लागि मात्रै आउने आन्तरिक पर्यटकले प्याराग्लाइडिङको पनि अनुभव लिन पाउने भएकाले समग्र डाँडाबजारकै विकास हुनेमा स्थानीय विश्वस्त छन् । साँगुरी गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खाले सफल परीक्षणले आवश्यक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘प्याराग्लाइडिङले डाँडाबजारको पर्यटन प्रवर्द्धन गर्ने भएकाले आउँदो कार्यपालिकाको बैठकबाटै पूर्वाधार विकासका लागि आवश्यक बजेट तथा कार्यक्रमको निर्णय हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्