पुर्वमा पनि सुरक्षा चुनौती बढ्दै : केरावारीबाट २ नाल भरुवा बन्दुक बरामद

<span class='c1'>पुर्वमा पनि सुरक्षा चुनौती बढ्दै :</span> <span class='c2'>केरावारीबाट २ नाल भरुवा बन्दुक बरामद</span>

मोरङ, पौष ०४ गते ।

पछिल्लो समय भइरहेका आपराधिक घटनाहरुले पुर्बी तराई क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको छ ।

गत मंसिर २४ मा सुनसरीको कोसी गाउँपालिका–७, मुसहर बस्तीमा डकैती गर्न आएको भारतीय समूह र प्रहरीबीचको झडपबाट एक भारतीयको मृत्यु भयो ।

त्यसअघि,  गत मंसिर ७ मा कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा गोली प्रहारबाट स्थानीय दीपेन्द्रकुमार चौधरीको हत्या भयो ।त्यसैगरी, गत मंसिर ५ गते सुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको गोली प्रहारबाट हत्या भयो ।

‘मर्निङवाक’मा गएको समयमा मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका हुन् ।

एउटा घटना सेलाउन नपाउँदै अविच्छिन्नरुपमा भइरहेका घटनाले नागरिकको जीउधनको सुरक्षामा चुनौती थपिँदै गएको देखिएको छ ।

यसैबीच, मोरङको केरावारीबाट प्रहरीले मंगलवार २ नाल भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले केरावारी गाउँपालिका-८ आमजुगी जंगलमा भरुवा बन्दुक बोकेर हिडिरहेका २ जना अपरिचित व्यक्तिहरु प्रहरीलाई देखी भरुवा बन्दुक छाडेर भागेका थिए ।

बरामद गरिएको २ नाल बन्दुक इलाका प्रहरी कार्यालय केरावारीमा राखिएको छ भने फरार ब्यक्तिहरुको खोजी भईरहेको उक्त कार्यायलयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्