इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ तयारी तिब्र

इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ तयारी तिब्र

इलाम । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा पुस ५ देखि १६ गतेसम्म आयोजना गर्न लागिएको ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’को तयारी तिब्र भएको छ । महोत्सवस्थल इलाम सदरमुकामको ठुलो टुँडिखेलमा स्टल बनाउने कार्य लगभग सकिएको छ साथै स्टलहरुको वुकिङ पनि भइरहेको छ । यस्तै गरी बढी भन्दा बढी पर्यटकहरु भित्राउनका होत्सवको प्रचार प्रसार गरिरहेको आयोजक इलाम पर्यटन प्रर्वधन सरोकार समितिले जनाएको छ ।

चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष विजय राईले वताए । पचास हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अनुमानित ५० लाख रुपैँया खर्च हुने अध्यक्ष राईले जानकारी दिए ।

बाह्र दिनसम्म चल्ने महोत्सवमा १५० व्यावसायिक स्टल रहने छन् । स्लहरुको बुकिङ लगभग सकिएको स्टल तथा महोत्सवका व्यवस्थापक ज्ञानु दाहालले वताए । उनले भने सव्यर भव्य बनाउनको लागि हामी लागि परेका छौँ । चार जिल्लाका कृषी उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने पनि उनले जानकारी दिए ।

मेची क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि लागइने महोत्सवमा विभिन्न जातजातिका परिकारदेखि लिएर इलामका पर्यटकिय स्थलहरुको अवलोकन समेत गर्न पइने छ । महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् । (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्