विराट एक्स्पो बिशेष : एक्स्पोमा कमलको फुल देखि २ वटा डायनोसर सम्म

विराट एक्स्पो बिशेष : एक्स्पोमा कमलको फुल देखि २ वटा डायनोसर सम्म

बिराटनगर पुष ४ ,

विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए ।

प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैक तथा वित्तीय संस्था, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि, जडीबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री हस्तकला, तयारी पोषाक, जुत्ताचप्पल स्टल रहने छ  ।

 

एक्स्पोमा कमलको फुल देखि २ वटा डायनोसर सम्म

विराट ट्रेड एक्स्पोमा प्रवेश द्वारमा कमलको फुल हुने त्यसैगरी २ वटा आकर्षक डायनोसरको प्रतिमा राखिने भएको छ । अवलोकनकर्ताहरुलाई आकर्षित गर्न २ वटा डायनोसर राख्न लागेको मेला संयोजक अनुपम राठीले जानकारी दिए । सुरुमा एउटा मात्र डायनोसर राख्ने तयारी भएता पनि एउटाले मात्र नपुग्ने अनुमान गरेर थप एउटा डायनोसरको प्रतिमा राखिने लागेको संयोजक राठीले बताए ।

मेलामा पहिलोपटक राखिन लागेको हुनाले दर्शक यसप्रति बढी आकर्षित हुने राठीको बिश्वास छ, सेल्फी जोनका लागी तयार गर्न लागिएको डायनोसरको प्रतिमा निर्माण कार्य सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्