बुढीगंगा गाउँपालिकामा हुने युवा सम्मेलनको तयारी अन्तिम चरणमा, ५ सय युवा सहभागी हुने

बुढीगंगा गाउँपालिकामा हुने युवा सम्मेलनको तयारी अन्तिम चरणमा, ५ सय युवा सहभागी हुने

विराटनगर, ४ पुस ।
वुढीगंगा गाउँपालिकामा हुन लागेको गाउँपालिका स्तरिय युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार नेमुवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था जनजागृति युवा क्लबका अध्यक्ष मकर बुढाथोकीले युवा सहभागिता मुलक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सम्मेलनमा सहभागी युवाहरुलाई सकारात्मक भावनाको विकास गराई समृद्ध राष्ट्र निर्माणमा सहयोगी बनाउन सम्मेलनको तयारी भएको बताए । उनले ५० सदस्य आयोजक समिति बनाएर सम्मेलनको तयारी शुरु गरिएको जानकारी दिए ।

समृद्धिमा युवाको सहभागिता नाम दिएर आयोजना गरिएको युवा सम्मेलन यही पुस ६ र ७ गते गर्न लागिएको आयोजकले जनाएको छ । १७ बर्ष देखि ३० बर्ष मुनिका युवाहरुको छनौट गरि सम्मेलनमा सहभागि गराउनको लागि युवा लक्षित पहिलो नमुना कार्यक्रमको आयोजना गर्न लागिएको समितिकी सचिव रिता न्यौपानेले जानकारी दिईन् । आवासिय कार्यक्रमको रुपमा आयोजना गरिएको सम्मेलनमा युवाहरुलाई उद्यमशिलता, उद्घोषण, सकारात्मक सोचको विकास र साँस्कृतीक कार्यक्रम हुने न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।
बिभिन्न ४ वटा समुह बनाएर गरिने कार्यक्रममा भागिरथ पोखरेल, सागर भट्ट, लक्ष्मी गिरी, सीता पौडेल, बसन्त अधिकारी, गणेश लुईटेल र अशोक चौधरीले प्रशिक्षण दिनेछन् ।
झण्डै ९ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रममा खर्च भने बिभिन्न उद्योगी, ब्यापारी, तथा बुढीगंगा गाउँपालिकाबाट पनि केही सहयोग प्राप्त हुने तथा अन्य अपुग आयोजक संस्थाका सदस्यबाट उठाईने आयोजक समितिका सदस्य अशोक अधिकारीले जानकारी दिए । गाउँपालिकाले ५० हजार मात्र उपलब्ध गराएकोले थप रकम कसरी जोहो गर्ने भन्ने चिन्ताको बिषय रहेको आयोजकको भनाई छ ।
युवा सम्मेलनमा युवालाई प्रेरित गर्नको लागि हास्य कलाकार तथा गायक गायिकाहरुलाई समेत बोलाईएको छ । कलाकारहरु मनोज गजुरेल, श्रीकृष्ण लुईँटेल र साजन राई सहितले युवालाई मनोरञ्जन प्रदान गर्नेछन् ।
बुढीगंगा गाउँपालिका वडा नम्बर ६ मा रहेको नारायण मा.बि.मा हुने सम्मेलनमा दुईदिनसम्म ५ सय बढी युवाको भेला रहने छ । सम्मेलनमा बुढीगंगा भन्दा बाहिरका युवा भने नहुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्