आयल निगम प्रमुखको लाचारीपुर्ण काम : ट्रेड युनियनका अध्यक्ष आउँदा काम नै ठप्प

आयल निगम प्रमुखको लाचारीपुर्ण काम : ट्रेड युनियनका अध्यक्ष आउँदा काम नै ठप्प

विराटनगर, ४ पुस ।
नेपाल आयल निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष आउँदा बुधवार दिनभर नेपाल आयल निगम प्रदेश कार्यालयमा ईन्धन झार्ने र पठाउने काम दिनभर ठप्प भएको छ । निगम ट्रेड युनियनका अध्यक्ष देबी न्यौपाने आयल निगमका बोर्ड सदस्य समेत हुन् । उनी आउँदा कर्मचारी सहित कार्यालयका प्रमुख दिनेश कुमार यादव सहित सबै उनकै पछि लाग्दा कर्मचारीले कामै गरेनन् । न्यौपाने विराटनगरमा आएपछि आयल निगमका सबै काम प्रभाबित त भए नै डिपोबाट उठ्ने र झार्ने ईन्धन सम्बन्धि सबै काम ठप्प भए । विहानै देखि ट्याङ्कर निगम परिसरमा राखेर बसेका ढुवानी ब्यवसायी तथा चालकले दिउँसो ३ बजेसम्म पनि निगमले ईन्धन अनलोड गर्न कर्मचारी नपठाएपछि उनिहरुले ईन्धन नझारी फर्किएका छन् ।

विहान १० बजे देखि न्यौपानेसँग बैठकमा बसेका कर्मचारीहरु डिपोमा नगएपछि उनिहरु आक्रोशित भएका हुन् । ३ बजेसम्म पछि काम शुरु हुँदा ट्याङकर चालकहरुलाई राती हुने भन्दै ईन्धन अनलोड गर्न नमानेपछि समस्या भएको पुर्वाञ्चल ढुवानी एशोसिएशनका अध्यक्ष गुणराज निरौलाले बताए ।
सेवाग्राहीको समस्या भन्दा पनि आफ््नै कुरा लिएर एउटा ट्रेड युनियको अध्यक्षको पछि लागेर हिँडेकोमा धेरैलाई मन परेको थिएन । न्यौपाने आए लगतै कार्यालयका प्रमुख दिनेश कुमार यादवले कर्मचारी बाहेक पत्रकारलाई समेत कार्यालय भित्र पस्न रोक लगाएका थिए । न्यौपाने गएपछि ढुवानी तथा चालक एशोसिएशनलाई ईन्धन झार्न कार्यालय प्रमुखले भनेपनि त्यो बारेमा ढिला भएको भन्दै चालकहरुले असन्तुष्टी जनाएका थिए । तर कार्यालय प्रमुख दिनेश कुमार यादवले ट्रेड युनियनसँगको बैठकका कारण काम अबरुद्ध  भएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्