विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मज्जा, विराटनगरदेखि पाथिभरासम्मको यात्रा गर्न पाईने

विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मज्जा, विराटनगरदेखि पाथिभरासम्मको यात्रा गर्न पाईने

प्रेम देवान ।
विराटनगर, ४ पुस । विराटनगरमा आगामी पुस ६ गतेदेखि आयोजना हुन लागेको विराट ट्रेडको तयारी यतिबेला धमाधम भईरहेको छ । विराट टे«ड एक्स्पोमा अघिल्लो वर्ष झै यस पटक पनि हेलिकप्टर ल्याउने तयारी गरिएको छ ।
मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोमा माउन्टेन हेलिकप्टर ल्याईने विराट ट्रेड एक्पो मेला समितिका पवन सुरानाले जानकारी दिए । हेलिकप्टर व्यावस्थापन समितिका संयोजक समेत रहेका सुरानाले शनिबारदेखी हेलिकप्टर ल्याउने बताए । साथै एक्पोकोलागि ल्याउन लागिएको हेलिकप्टरको सवै व्यास्थापन एसियाटिक हेलिटुरले गर्ने भएको छ । एसियाटिक हेली सिटीटुरका संचालक पुण्य भट्टराईले हेलिकप्टरको व्यावस्थापन गर्ने भएका छन् । एक्स्पोमा शनिबारदेखि लगातार संचालन गरिने भट्टराइले आवर विराटनगरलाई जानकारी दिए ।

उनका अनुसार विगतको भन्दा यस पटक लोकल टुरकालागि १५ सय छुटको व्यवस्था गरिएको छ भने विराटनगर बाहिरकालागि १५ हजार छुट गरिएको छ । लोकल टुरका लागी यसपटक ६ हजार ५ सय मात्र टिकट तोकिएको छ भने विराटनगर बाहिरका लागि ३५ हजार मात्र रकम तोकिएको भट्टराईले बताए ।
हेलिकप्टरमा टुर गर्नको लागी विराटनगरदेखि ताप्लेजुङ्गको ठूलो पाथीभरासम्मको दैनिकी २ पटक संचालन गरिने भट्टराईले बताए । विगतका बर्षमा भन्दा यसपटक सेवाग्राहीलाई सजिलो होस भन्ने उद्देश्यले टिकटको मुल्य घटाइएको हो, भट्टराईले भने ।
एक्स्पो तयारी लगभग ७० प्रतिशत काम पुरा भईरहेको मेला आयोजक समितीका संयोजक अनुपम राठीले जानकारी दिए ।
एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने मेला आयोजक उनको दावी छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकले स्टल रहने छन् । १ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्