मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

काठमाडौं, ५ पुस ।  झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल-मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम्मर कसेका छन् ।  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेल वे २५ औँ व्यूरो ग्रुप कम्पनी लिमिटेडसँग बुधबार सम्झौता भएको छ ।
यी दुबै महानगरपालिकाले संयुक्त रुपमा उक्त कम्पनीसँग सम्झौता भएको हो । यस बारेमा पनि विराटनगर महानगरपालिकाले अध्ययनकाे लागि तयारी भएपनि अझै कसरी अगाडि बढ्ने भन्ने स्पष्ट  अाधार तयार भईसकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्