इलाममा १२ दिने मेची पर्यटन महोत्सव अाजदेखि

इलाममा १२ दिने मेची पर्यटन महोत्सव अाजदेखि

इलाम, ५ पुस ।  प्रदेश नम्बर १ का ४ जिल्लाको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा मेची पर्यटन महोत्सव सुरु भएको छ । जिल्लामा भएका आयोजनामध्येकै सबैभन्दा ठूलो महोत्सव ‘मेची पर्यटन महोत्सव’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङको सहभागिता रहनेछ ।

इलाम सदरमुकामको ठूलो टुँडिखेलमा पुष ५ देखि १६ गतेसम्म हुन लागेको महोत्सवमा आ–आफ्ना जिल्लामा उत्पादित सामग्रीको विभिन्न स्टलहरु रहनेछन् । यस्तै चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिनेछ । महोत्सवमा पचास हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिका सचिव देवी पौडेलले जानकारी दिए ।

उहाँका अनुसार, बाह्र दिनसम्म चल्ने महोत्सवमा एक सय ५० व्यावसायिक स्टल रहनेछन् । जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुती रहनेछ ।
महोत्सवको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतबाट हुने बताइएको छ । महोत्सवमा भारतीय भूभाग सिक्किम, दार्जिलिङ, कोलकत्तालगायतका क्षेत्रबाटसमेत चर्चित व्यक्तिहरुको सहभागीता रहनेछ ।

महोत्सवमा करिब ५० लाख रुपैँया खर्च हुने जनाइएको छ । महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्