नागरिकता किर्ते मुद्दामा फरार रहेका ६ जना जहदाबाट पक्राउ

<span class='c1'>नागरिकता किर्ते मुद्दामा फरार रहेका</span> <span class='c2'>६ जना जहदाबाट पक्राउ</span>

विराटनगर, ५ पुस।  नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङकाे जहदा गाउँपालिका-२  बस्ने बर्ष ३८ को रामप्रित पासवान, बर्ष  ५५ को पन्चु साह, बर्ष  ६५ को सुर्य नारायण साहतेली, बर्ष  ५५ को डोमी पासवान, बर्ष  ३५ को श्रवण कुमार साह र बर्ष  ४५ को रविलाल मण्डललाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ साल साउन १६ गतेको फैसलाले  जनही २५ हजार रुपैयाँ जरिवाना सजाए तोकेको थियो ।  सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका-२  मा लुकिछिपी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएकाे माेरङका डिएरपी घनश्याम श्रेष्ठले जानकारी दिए ।  ६ जनालाई नै आज अदालतमा उपस्थित गराएकाे उनकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्