सुनसरीमा बिसिजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु

<span class='c1'>सुनसरीमा  बिसिजी खोप लगाउँदा</span> <span class='c2'>१ महिने शिशुको मृत्यु</span>

सुनसरी, ५ पुस । सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंज टोलमा बिसिजी खोपबाट विहिवार १ महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम् खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बिसिजी खोप लगाएकी थिईन । खोप लगाएको केही समय पछि वेहोस भएका शिशुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो मृत्यु भएको हो । ढकाललाई प्रहरीको नियन्त्रणमा राखिएकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्