झापा, ५ पुस । झापाको भद्रपुर नगरपालिका-५ बाट प्रहरीले लागूऔषध सहित १ युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित बिर्तामोड नगरपालिका-६ वस्ने बर्ष १९ को धन बहादुर राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले लागूऔषध फेनारागन-२४ एम्पुल, लुपिजेसिक-२३ एम्पुल, नुफिन-१ एम्पुल, डाईजेल्याब-२२ एम्पुल र डाईजेपाम-१ एम्पुल फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित राईलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखि थप अनुसन्धान भईरहेको छ ।