दम्पती सवार मोटरसाईकल विराटनगरको बरगाछीमा दुर्घटना, श्रीमतीको मृत्यु

दम्पती सवार मोटरसाईकल विराटनगरको बरगाछीमा दुर्घटना, श्रीमतीको मृत्यु

विराटनगर, ५ पुस ।
विराटनगरको बरगाछीमा दम्पत्ती सवार मोटर साईकल दुर्घटनमा   श्रीमतीको मृत्यू भएको छ ।  श्रीमान गम्भिर घाईते भएका छन् । आज बेलुकी जोगबनीबाट ईटहरी तर्फ जादै गरेको ना ७ ख ४६२३ नम्बरको ट्याङकरमा को २८ प ३८५६ नम्बरको मोटरसाईल ठोक्किँदा मोटरसाईकल २२ वर्षिया महिलाको ज्यान गएको हो । ज्यान जानेमा पथरी घर भएकी हिमा कार्की रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक २६ बर्षिय मनोज कार्की भने गम्भिर घाईते भएका छन्। उनको हाल न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

जोगबनीबाट ईटहरी तर्फ जादै गरेको ना ७ ख ४६२३ नम्बरको ट्याङकरमा मोटरसाईकल ठोक्कीदा महिलाको घटना स्थलमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख शिव पोखरेलले जानकारी दिए । काम विशेषले विराटनगर आएकी २२ वर्षिया कार्की र उनका श्रीमान् २६ वर्षिय मनोज कार्की घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को. २८. प ३८५६ नम्बरको मोटरसाइकल सडकको बीचमा लेन छुट्याउन राखिएको डिभाईडरमा ठोक्किएपछि दुर्घटना भएको पोखरेलले बताए । उनका अनुसार डिभाईडरमा ठोक्किएपछि मोटरसाइकलको पछाडि सवार हेमा उछिट्एर सडकमा गुडिरहेको नेपाल आयल निगमको ट्यांकर मुनि पुगेकी थिइन् । तीव्र गतिमा रहेको ट्यांकरले किचेर हिमाको मृत्यु भएको पोखरेलले बताए । इन्धन लोड भएको ट्यांकर दक्षिणबाट उत्तरतर्फ जाँदै थियो ।
बेलुका सडकमा रहेका बिजुलीका खम्बामा बत्ती नरहनु र डिभाइडरमा रिफ्लेक्सन लाइट नहुँदा दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ। पछिल्लो समय सडक बिस्तारका क्रममा खम्बा छेउ लगाइएपनि त्यसमा बत्ती जडान हुनसकेको छैन। त्यसैगरि, अध्यारो र हुस्सुका कारण सवारी साधान गुडाउनेलाई नजिकको दृष्य हेर्न समेत असहज हुने गरेको स्थानीय बताउछन्।
ठक्कर दिने ट्याङकरका चालक लिला भुजलेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्