श्रीमतीलाई जवर्जस्ती करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद, १० लाख क्षतिपूर्ति

<span class='c1'>श्रीमतीलाई जवर्जस्ती करणी गर्ने श्रीमानलाई डेढ</span> <span class='c2'>वर्ष कैद, १० लाख क्षतिपूर्ति</span>

कञ्चनपुर, ५ पुस । श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई कञ्चनपुर जिल्ला अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले सो फैसला गरेको हो। श्रीमान डम्बरले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै मन्जुले गत कार्तिक २३ मा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। डम्बर र मञ्जुले डेढवर्ष अघि भागेर विवाह गरेका स्थानीयले बताएका छन्। अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको दफा (४) को उपदफा (३) मा बैबाहिक सम्बन्ध कायम गरेको अवस्थामा पनि श्रीमान्ले जबरजस्ती करणी गरे पाँच वर्ष कारागार हुने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्