निर्मला हत्या अनुसन्धान प्रकरण : १८ प्रहरीलाई कारवाहीको तयारी

<span class='c1'>निर्मला हत्या अनुसन्धान प्रकरण :</span> <span class='c2'>१८ प्रहरीलाई कारवाहीको तयारी</span>

काठमाडौं,  पुस । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको छ ।

एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार प्रहरी प्रधान कार्यालयमातहतको कानुन विभागले उनीहरुमाथि कारवाही चलाउन लागेको हो । समितिले एसपी विष्ट, डीएसपीहरु अंगुर जीसी र ज्ञानबहादुर सेट्ठी, इन्सपेक्टरहरु एकेन्द्र खड्का, जगदीश भट्ट र गणेश सापकोटा, ४ सई, ३ हवल्दार र ५ कन्सटेबलमाथि विभागीय कारवाही सिफारिस गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा खटिएका प्रहरीविरुद्ध परेको जाहेरी दरखास्त फौजदारी कसुरका रुपमा अघि बढ्ने र उक्त मुद्दाको सुनुवाईका क्रममा पनि यो प्रतिवेदन प्रयोग हुनेछ । –कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्