बिराटनगर–बथनाहा रेल संचालनको तयारी, ८ किलोमिटरमा धमाधम काम हुँदै

<span class='c1'>बिराटनगर–बथनाहा रेल संचालनको तयारी, ८</span> <span class='c2'>किलोमिटरमा धमाधम काम हुँदै</span>

विराटनगर, ६ पुस ।
नेपामा भारतको बिहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगर देखि जयनगरसम्म र बथनाहा देखि मोरङको कटहरीसम्म रेल आउन लागेका हुन् । आधुनिक प्रबिधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भईरहँदा नेपालमा भने पहिलो आधुनिक रेल आउन लागेको हो । जयनगरबाट जनकपुरसम्मको ३४ किलोमिटरमा नयाँ आधुनिक रेल गुड्ने छ।
यता मोरङको कटहरीसम्म आउने भनिएको रेलको बिषय भने कामले पुर्णता पाउन नसक्दा केही ढिला हुने भएको छ । निर्माणाधिन बिराटनगर बथनाहा रेल्वे लिकमा रेलको ईन्जिन परिक्षण सकिएपनि कटहरीसम्मको भागमा अझै लिक बिट्याउने काम सकिएको छैन । भारत तर्फको ५ र नेपाल तर्फको २३ किलोमिटरसम्म रेल आउने छ । रेल संचालनमा आएसँगै बिराटनगरबाट हुने ब्यापार आयात तथा निर्यातमा सहज हुने अपेक्षा गरिएको छ ।
भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरी गाउँपालिका वडा नम्बर २ सम्म १८ दशमलव १ किलोमिटर लम्वाई छ । सो मध्य ८ किलोमिटरको परिक्षण सफल भएको छ । अन्य १८ किलोमिटरमा माटो भर्ने र लिक बिछ्याउने कामले तिब्रता पाएको ठेकेदार कम्पनी ईरकनले जनाएको छ ।  उद्घाेष दैनिकमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्