मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने

मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने

भोजपुर पौष ६ । 

तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शखाले जनाएको हो ।

अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो ।

निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ । भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडाँै भने आइतबारबाहेक हप्तामा छ दिन उडान भइरहेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्