७५ गाई-भैँसीलाई सुत्केरी भत्ता !!

<span class='c1'>७५ गाई-भैँसीलाई सुत्केरी</span> <span class='c2'>भत्ता !!</span>

भरतपुर पुष ६ ।

 रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गरेका हुन् ।

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिँदै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उल्लेख गरे ।

नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिए । रत्ननगरमा वार्षिक छ हजार गाई भैँसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करीब दुई हजार गाई भैँसी ब्याउने गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्