बेलबारीमा १४ लाखमा बन्ने भयो ट्राफिक प्रहरीको भवन

बेलबारीमा १४ लाखमा बन्ने भयो ट्राफिक प्रहरीको भवन

नरेन्द्र बस्नेत
बेलबारी पुष ६ । दुर्घटना जोखिम न्युनीकरणका लागी ट्राफिक प्रहरी मात्र सचेत बनेर नहुने त्यसका लागी चालक आफै सचेत र सजग बन्नु पर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन ।
मोरङको बेलबारी १ पुरानो बेलबारीस्थित दुर्गा मन्दिर पुर्वपट्टि निर्माण हुन लागेको ट्राफिक प्रहरी पोष्ट बेलबारीको भवन निर्माणको बिहिबार शिलान्यास गर्दै कार्कीले यस्तो बताएका हुन । भवन निर्माणका लागी प्रदेश सरकारले समेत सक्दो सहयोग गर्ने उनले बताए । स्थानीय स्तरमा सबै संघसंस्थाहरुको सहयोगमा प्रहरी भवन निर्माणका लागी स्थानीय निकाय र स्थानीय बासिन्दाले खेलेको भुमिकाको बिषयमा समेत उनले खुलेर प्रशंषा गरे । 


बेलबारी नगरपालिकाले अघिल्लो बर्ष छुटाएको ४ लाख र यस बर्ष छुटयाएको १० लाख गरी जम्मा १४ लाख रुपैयाबाट ६ कोठे भवन निर्माण शुरु गरिएको हो । १ तले पक्की भवन निर्माणका लागी स्थानीय सामुदायिक बन उपभोत्ता समुह हरुबाट काठ सहयोग,नगरपालिका र बिभिन्न दाताहरु मार्फत रकम समेत संकलन गरी यसै बर्ष एक तल्ला भवन निर्माण सम्पन्न गर्ने ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले जानकारी दिएका छन । भवन निर्माणका लागी केही महिना अघि प्रताप थापाको संयोजकत्वमा भवन निर्माण समिति गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्