नक्कली सुन बिक्री गर्न नेपाल प्रवेश गर्ने तीन भारतीय पक्राउ

<span class='c1'>नक्कली सुन बिक्री गर्न नेपाल</span> <span class='c2'>प्रवेश गर्ने तीन भारतीय पक्राउ</span>

सिराहा, ६ पुस ।  नक्कली सुन लिएर ठग्न नेपाल प्रवेश गरेका तीनजना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमावर्ती सिरहाको नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो । २ किलो २ सय ३४ ग्राम तौलको इँटा आकारमा अन्य धातुबाट बनाइएको सुनजस्तै देखिने बस्तुसहित भारत मधुबनीका रामसेवक पासमान, नथुनी राम र दिपु सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपी माधवराज खरेलले जानकारी दिए । प्रहरीले उनीहरुले प्रयोग गरेको स. २ प ८१८० नम्बरको नेपाली र बीआर ३२ एन ५३८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा नक्कली सुनसहित मोटरसाइकल र तीनै जनालाई नियन्त्रणमा लिएको छ । डीएसपी खरेलका अनुसार पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीसँग अभद्र व्यवहार पनि गरेका छन् । पक्राउ परेकाहरुमाथि सार्वजानिक अपराधको मुद्दा चलाएर अनुसन्धान गरिरहेको डीएसपी खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्