सप्तरी, पुस ७ ।
सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् ।
शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ ।
चरित्रहीनको झुटो आरोप लगाइ कपाल काटेर जुत्ताको माला लगाइ अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले दु:खेसो पोखिन् ।
इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपीलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । रासस