झापाको गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी

<span class='c1'>झापाको गौरादहमा पहिलो पटक मावि</span> <span class='c2'>स्तरिय बृहत विज्ञान प्रदर्शनी</span>

झापा, ७ पुस। झापाको गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी भैरहेको छ। आरम्भ फाउण्डेसन झापा शाखा र विद्योदय शिशु सदनको संयुक्त आयोजनामा हिजो पुस ६ गते बाट सुरु भएको उक्त प्रदर्सनी आज ७ गतेसम्म चल्ने विधोदय सिसुसदनका निर्देशक नारायण बस्नेतले जानकारी दिए ।

बिध्योदय शिशुसदन विद्यार्थीमा आयोजित प्रदर्शनीमा भौतिकशास्त्र, रसायनशास्त्र र जिवविज्ञानका बिभिन्न परियोजनाहरु अवलोकनका लागि राखिएको। प्रदर्शनीमा अन्तर विद्यालय स्तरीय विज्ञान परियोजना प्रतियोगितासमेत राखिएको छ। प्रतियोगितामा गौरादह नगरपालिकाका अधिकांश विद्यालयहरुले सहभागीता जनाएकको जानकारी आयोजकले दिएको छ। प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले तयार पारेका भौतिक, रसायन तथा जिवविज्ञानका परियोजनाहरु प्रदर्शनीका लागी स्टलमा राखिएका छन।

प्रतियोगीहरुका र अन्य गरेर २४ भन्दा धेरै स्टलहरु प्रदर्शनीमा राखिएका छन। प्रदर्शनीले विद्यार्थीहरुमा आधारभुत विज्ञान सम्बन्धी जानकारी र बिद्यार्थी हरुलाइ व्यवहारीक ज्ञान दिने साथै सहभागी विद्यार्थीहरुको प्रस्तुतिकरण क्षमताको विकासमा  मद्दत पुर्याउने बताईएको छ।

व्यवाहारीक शिक्षामा जोड दिइनुका साथै विद्यार्थीहरुमा प्रस्तुतीकरण तथा नेतृत्वबिकास र क्षमताको विकास गर्नु कार्यक्रमको प्रमुख लक्ष्य भएको आयोजक आरम्भ फाउण्डेसन झापा शाखाकि अध्यक्ष सृजना भण्डारीले बताइन। प्रदर्शनी अबधीभरमा १५०० विद्यार्थीहरुले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ। झापामा स्थापना भएर सन्चालित उक्त सस्था सामाजिक बिकासमा सहयोग पुर्याउने तथा गरिब र बिपन्न बर्गका बिद्यार्थीलाई सैछिक सामाग्री र आवस्यक सहयोग पुर्याउने एक गैर सरकारी सस्था हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्