ईलाम र संखुवासभामा आगलागी साढे १३ लाखको क्षति

ईलाम र संखुवासभामा आगलागी साढे १३ लाखको क्षति

विराटनगर, ७ गते ।  प्रदेश १  अन्तर्गत ईलाम र संखुवासभा जिल्लामा शनिवार आगलागी हुँदा अन्दाजी साढे लाख बराबरको क्षति भएको छ । ईलामको रोङ गाउँपालिका-५ बस्ने रामबहादुर राईको घमा शनिवार आगलागी हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।  घरमा कोही नभएको अवस्थामा बिजुलीको तार सर्ट भई आगलागी हुँदा राईको फुसको छानो भएको घर जलेकाे हाे ।   आगलागी घर भित्र पार्किङ गरेर राखेको मोटरसाईकल, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो   नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

त्यसैगरी संखुवासभाको खाँदवारी नगरपालिका-६ पाङठा बस्ने तेज बहादुर घिमिरेको खेतमा रहेको  घर आगलागी हुँदा   १ लाख ५२ हजार मूल्य बराबरको क्षति भएको छ ।  घर छेउमा रहेको फोहाेर सल्काउने क्रममा अचानक आगलागी हुँदा मतानघर, १५ मुरी धान, भाडावर्तन, लत्ताकपडा र नगद ७ हजार जलेर नष्ट भएको छ ।  आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्