उखुको मूल्यमा सहमति नहुँदा उखु खरीद विक्रिमा अन्योल, सुनसरी -माेरङका किसान समस्यामा

उखुको मूल्यमा सहमति नहुँदा उखु खरीद विक्रिमा अन्योल, सुनसरी -माेरङका किसान समस्यामा

विराटनगर, ७ पुस । सुनसरी मोरङका उखु कृषक र सुनसरीको बर्जु गाँउपालिकामा रहेको इष्टर्न सुगर मिलबीच उखु मूल्य बारे सहमति हुन नसक्दा यस वर्षको उखु खरिद विक्रीमा अन्यौल देखिएको छ ।

उखु मुल्य बारे सहमति खोज्न विराटनगरमा बसेको उखु कृषक र चिनी मिल सञ्चालकबीच भएको वार्तामा मूल्य बारे आआफ्नै अडान व्यक्त भएपछि उखु खरिद विक्री बारे अन्यौल बढेको हो । पूर्वको एक मात्र चिनी मिल इष्टर्न सुगर मिलका सञ्चालक हितेष गोल्छाले गत वर्षकै चिनी विक्री नभएको र उद्योग घाटामा गएकाले उखुको मूल्य प्रति क्वीण्टल ३ सय ८५ रुपैयाँ मात्र दिने बताउँदा उखु कृषकहरुले सरकारले तोकेको ५ सय ३० रुपैयाँ प्रति क्वीण्टल हुनुपर्ने अडान राखेका छन् ।

इष्टर्न सुगर मिलले गत वर्ष पनि सरकारले तोकेको भन्दा प्रति क्वीण्टल ३० रुपैयाँ घटाएर ५ सय रुपैयाँमा मात्र उखु खरिद गरेको थियो । इष्टर्न सुगर मिललाई सुनसरी, मोरङ र झापाका २ हजार ४ सय कृषकहरुले उखु विक्री गर्ने गरेका छन् । उखुको मुल्य बारे चिनी मिल र उखु कृषकहरु बीच सहमति हुन नसक्दा उखु क्रसिंङ गर्नुपर्ने बेलामा इष्टर्न सुगर मिल बन्द छ । चिनी मिललाई संरक्षण गर्न पनि उखु सस्तो बनाउन माग गर्दै आएका चिनी मिल सञ्चालकले उखु नकिनेर उद्योग नै बन्द गरे यस क्षेत्रका उखु कृषकहरु नै मारमा पर्ने भएकाले सरकारले पहल लिनु आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्