विराटनगरको सहकारी मार्ग कालाेपत्रे निर्माणमा अबरोध, कारण कमशल निर्माण (भिडियाे सहित)

विराटनगरको सहकारी मार्ग कालाेपत्रे निर्माणमा अबरोध, कारण कमशल निर्माण (भिडियाे सहित)

विराटनगर, ७ पुस ।
विराटनगर महानगरपालिका १० को सहकारी मार्गमा कमशल काम हुन थालेपछि स्थानीय सहित केही ब्यक्तिले काम रोकेका छन् । नेपाल पत्रकार महासंघ अगाडीको सडक बिगत ३ बर्षको अबधिमा ४ पिच गर्न लाग्दै काम छाडिँदै आएको थियो । साँझ ७ बजेको समयमा बिच गर्न लागिएको सडकको हिलो नसुकेका तथा धुलोकै बिचमा पिच गर्न लागिएपछि काम अबरुद्ध गरिएको स्थानीय तथा पत्रकार सत्यनारायण शर्माले बताए । जानीजानी हिलो र धुलोका बिचमा काम गर्न लागेपछि काम नगर्न भनिएको उनको भनाई छ । त्यस्तै अन्य स्थानीयले समेत ठेकेदार कम्पनीले हिलो नओभाउँदै पिच गर्न लागेको आरोप लगाएका छन् । धुलो र हिलोका बिचमा पिच गर्न लाग्दा आफुहरुले नै काम रोकेको शर्माले बताए ।
माटोमा नै अलकत्रा छर्ने काम भएकोले आफुहरु मिलेर काम रोकिएको होटल ब्यवसायी बताउँछन् । छर्न भन्दा अगाडी पनि सफा गरेर मात्र काम गर्न भनिएपनि वेवास्ता गरिएको उनको भनाई छ ।

बिराटनगर महानगरपालिकाका ईन्जिनियर घनश्याम काफ्लेले गुनासा आएपछि आफु दौडिएर तत्काल काम भईरहेको स्थलमा आईपुगेको बताए । केही समस्या भएको पाईएपछि काम बन्द गराईएको उनको भनाई छ। समस्या समाधान गर्दै महानगरपालिका अगाडी बढ्ने उनले स्पष्ट पारे । यस बारेमा ठेकेदार कम्पनीसँग सम्पर्क गरी गुणस्तरमा काम गरिने भएकोले त्यसलाई प्राथमिकतामा राखेर अगाडीका विकास निर्माणका कामलाई अघि बढाईने काफ्लेले बताए ।
यही सडक यस अघि ४ पटक भन्दा बढी बिच गर्ने अबस्थामा पिच नगरी छाडिएको थियो । ठेकेदार कम्पनीको लापरवाहीको कारण धेरै स्थानमा त्यस्तै समस्या हुँदै आएको छ ।

https://www.facebook.com/ourbrt/videos/350538495747821/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्