बुढीगंगा युवा सम्मेलन सकियो, १३ बुँदे घाेषणा पत्र जारी, धेरै युवाहुँदा आयोजकलाई नै सकस

बुढीगंगा युवा सम्मेलन सकियो, १३ बुँदे घाेषणा पत्र जारी, धेरै युवाहुँदा आयोजकलाई नै सकस

विराटनगर, ७ पुस ।
“समृद्धिका लागि युवा अभियान” भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा शुरु भएको बृहत् युवा सम्मेलन सकिएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ९ सय बढी युवा सहभागी थिए । युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण कला, उद्यमशीलता, लैङ्गिक विभेद र युवा नीति, धारणा र व्यवहार तथा युवालाई कानुनी ज्ञानको बिषय गरी ६ ओटा विषयहरुमा देशकै ख्यातिप्राप्त प्रशिक्षकहरुबाट तालिम प्रदान गरिएको थियो ।
शुक्रबार र शनिवार दुईदिनसम्म भएको उक्त सम्मेलनमा ५ सय युवालाई सम्मेलनमा सहभागी गराईने भनिएपनि युवाको संख्या ९ सय पुगेपछि युवालाई ब्यवस्थापनमा समस्या भएको थियो । त्यसमा पनि राष्ट्रिय स्तरका चर्चित कलाकारलाई बोलाईएकोले युवासँग स्थानीय गाउँपालिका बासिको समेत चासो बढेकोमा अध्यक्ष मकरबहादुर बुढाथोकीले खुसी ब्यक्त गरे । युवाको आकर्षणलाई हेर्दा फेरी पनि यस्ता कार्यक्रमको माग बढेको पाईएको आयोजक समितिकी सचिव रीता न्यौपानेले बताईन् । युवाहरुलाई लागूऔषध दुब्र्यसन र साबधानी तथा साइबर अपराधसम्बधि प्रशिक्षण समेत प्रहरीले दिनुले अपराधलाई निरुत्साहन गर्न समेत मेला सफल रहेको आयोजकको दाबी छ ।
सम्मेलनमा वरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल, श्रीकृष्ण लुइँटेल, गायक साजन राईदलगायतका कलाकारहरुको विशेष प्रस्तुतीले युवालाई उर्जा प्रदान गरेको थियो । यस्तै सम्मेलनले १३ बुँदे घाेषणा पत्र जारी गरेकाे छ । जारी घाेषणा पत्र  शनिवार नै गाउँपालिकाका उपाध्यक्ष अमृताकुमारी गच्छदारलाई बुझाएकाे छ । जारी घाेषणा पत्र प्रदेश र सङ्घीय सरकारलाई समेत बुझाईने अायाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्