वर्ड प्रेस क्याम्प युवाकाेलागि फलदायी, विराटनगर क्याम्पमा ४ सय ५० युवा सहभागी

वर्ड प्रेस क्याम्प युवाकाेलागि फलदायी, विराटनगर क्याम्पमा ४ सय ५० युवा सहभागी

विराटनगर, ८ पुस ।
“सूचना प्रविधिको विकासमा बामे सर्दै आएको हामीहरुका लागि वर्ड प्रेस निक्कै लाभदायक थलो बन्दै गएको छ”, विराटनगरमा सम्पन्न वर्ड क्याम्प २०१८ को पहिलोसंस्करणमा भेटिएका सकिन श्रेष्ठ बताउदै थिए। काठमाडौं भैसेपाटीका स्थायी ३६ वर्षिय श्रेष्ठ विषयगत रुपमा बिजनेस स्टडिजका विद्यार्थी हुन्। तर, कक्षा आठदेखि नै उनमा सूचना प्रविधि आइटीको नशा लाग्दै गयो। बुबाको होटल ब्यवसायलाई प्रवद्र्धन गर्नकालागि उनी नयाँ नयाँ उपाय खोजिरहन्थे । सोही समय होटल प्रवद्र्धनका लागि इन्टरनेटमा काम चलाउ सूचना प्रवाह गर्ने गरि जोडिँदै गए।

दस जोड दुइको अध्ययन क्याम्पियन कलेजबाट सकेर उच्च शिक्षाका लागि सिंगापुर हानिएका श्रेष्ठले सूचना प्रविधिको केही राम्रो ज्ञान हासिँल गरे । साथ साथै सम्पन्न गरे एमबीएसपनि । त्यसपछि, सूचना प्रविधिमा राम्रो भविष्य देखेका श्रेष्ठले पहिलोपटक ६ वर्षअघि काठमाडौंमा क्याच थिम्स नामक अनलाइन वर्ड प्रेस थिम पोर्टल सुरु गरे । जहाँबाट उनी वेभसाइट बनाउने विभिन्न प्रकारका थिम तथा टेम्प्लेट विक्री गर्थे । यहाँबाट कारोबार गर्न मास्टर कार्ड लगायतको झण्झट देखेपछि, उनले गएको वर्ष अमेरिकाको जर्जियामा समेत करतिर्दै क्याच थिम्सको शाखा सञ्चालनमा ल्याए।
ब्यावसायिक रुपमा १६ जना युवाको साथमा क्याच थिम्स सञ्चालन गर्दै आएका श्रेष्ठको अधिकांश अनलाईन ग्राहक भनेको अमेरिका, जर्मनी, अष्ट्रियाबाट रहेकाछन्।
श्रेष्ठ भन्छन, “सुरुमा बुझाउन गाह्रो भयो, तर विस्तारै वातावरण बन्दै जाँदैंछ। वर्ड क्याम्पप्रति युवाहरुको बढ्दो आकर्षणबाट खुशी भइरहेको छु।’ कार्यक्रममा विशेष स्पिकरका रुपमा भूमिका निर्वाह गरेका श्रेष्ठले भने, काठमाडौंपछि पोखरा र विराटनगर वर्ड प्रेसका लागि हब बन्दै गएको छ। यहा युवाहरुपनि उत्तिकै उत्साहित छन्।”
सूचनाप्रवीधिमा राम्रो भविष्य देखेका श्रेष्ठ भन्छन्, “कमाइपनि राम्रो छ। थिम्स, टेम्पलेट, वेभपेज बनाएर विदेशमा विक्री गर्दा कम्तीमा ३९ डलरदेखि १ सय ५० डलरसम्म आम्दानी हुन्छ।”
वर्डबाट मल्टी सेटअप बनाउन सके त्यसले सरकारको विभिन्न कार्यमा सहायता पुग्ने श्रेष्ठको बुझाइ छ। उनी भन्छन्, “मल्टीसेट अप बनाउन सके केन्द्रदेखि गांउपालिकासम्म जोड्न सकिन्छ। जुन सुरक्षित र भरपर्दो समेत हुन्छ। यसमा ह्याकिंग हुने, फाइल डाटा हराउने अवस्था न्यून हुन्छ।”
पछिल्लोसमय विश्वमा इन्टरनेट सागर झै बृहत हुदै गएको बुझेका श्रेष्ठले नेपालमा वेभपेज डिजाइनदेखि सुरु हुदै गएको वर्डप्रेसको गति विस्तारै इ.कमर्स, एप्स तर्फपनि लम्किदै गएको बताए। तर नेपाल बाहिर भने वर्डप्रेससंगै डिजाइनरहरुले इ.कमर्स तथा एप्स बनाउन थालिसकेको छन्।
नेपालको काठमाडौं, पोखरामा प्रत्येक वर्ष वर्ड क्याम्प हुने गरेको छ। जसमध्ये विराटनगरमा पहिलोपटक बृहत रुपमा आयोजना गरिएको वर्डप्रेस विराटनगरका सदस्य एवं आइटी इन्जिनियर पर्वतराज झा बताउछन्। कार्यक्रम आयोजक मध्येका झाले भनेले यसअघि वर्ड प्रेस मिट हुने गरेको भएपनि यसपटक वर्ड क्याम्प गर्यौ र यहाँ युवाहरुको आकर्षणपनि राम्रो देखिएको बतााए ।
झाका अनुसार, शुक्रबार र शनिबार दुइदिन चलेको क्याम्पमा झापा, सुनसरी, मोरङ, विरगञ्ज, चितवन, काठमाडौंबाट करिब ४ सय ५० युवायुवतीको सहभागिता रहेको थियो। जसमा नेपालबाहिर भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशबाट समेत १५ जनाको सहभागिता रहेको थियो।
वेभपेज तथा अनलाइन पोर्टल निर्माणका लागि महत्वपूर्ण रहने वर्ड क्याम्प अमेरिकामा मुख्यालय रहेको वर्ड प्रेसकै आधिकारीक सम्मेलनका रुपमा रहेको छ। १५ वर्षअघि स्थापित वर्ड प्रेसले विराटनगरपछि आउदो वर्ष जनवरीमा स्पेनको जारागोजामा हुदैछ। छिमेकी राष्ट्र भारतमा भने, यसवर्ष कम्तीमा ८ वटा वर्ड क्याम्पको आयोजना भइसकेको छ। भारतमा सूचना प्रविधिकालागि उर्वर भूमि समेत रहेको क्याच थिम्सका श्रेष्ठको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्