कतारमा ज्यान गुमाएका खगेन्द्रको परिवारलाई १४ लाख बीमा रकम प्रदान

<span class='c1'>कतारमा ज्यान गुमाएका खगेन्द्रको परिवारलाई</span> <span class='c2'>१४ लाख बीमा रकम प्रदान</span>

खोटाङ, ८ पुस ।  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ। गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार १४ लाख रुपैयाँ बीमावापतको रकम उपलब्ध गराएको हो।

इन्स्योरेन्स कम्पनीमा बीमा गरेको ५ महीना नपुग्दै ज्यान गुमाएका सार्कीकी श्रीमती रामकुमारी सार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको कम्पनीका दिक्तेल शाखा प्रमुख नारायण रिजालले बताए। दिक्तेलस्थित त्रिवेणी चोकमा रहेको शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले मृतककी श्रीमतीलाई चेक हस्तान्तरण गरे।

सार्कीलाई कम्पनीले क्षतिपूर्तिवापत ८० हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको छ। वैदेशिक रोजगारीको सिलसिलामा विगत १८ वर्षदेखि कतारलगायत विभिन्न देशमा कार्यरत सार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कम्पनीले जनाएको छ। उनका एक श्रीमती तथा दुई छोरा र तीन छोरी छन्। धन कमाउन विदेश गएका अभिभावकको विदेशमै ज्यान गएपछि परिवार शोकमा डुबेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्