प्रदेश डिभिजन कार्यालय कोठा अभावमा प्यासेजमै संचालन, कार्यालय भवन कर्मचारीको कब्जामा

प्रदेश डिभिजन कार्यालय कोठा अभावमा प्यासेजमै संचालन, कार्यालय भवन कर्मचारीको कब्जामा

विराटनगर, ८ पुस ।
जताततै असरल्ल छरिएका फाईलहरु । कोठामा छितर्ने नमिल्ने गरी राखिएका दराजहरु । कोही त्यही दराजको बिमा बसेर काम गर्दै गरेका । कोठै पिच्छेका फयलहरु पोका पोका पारेर राखिएका छन् । एउटै कोठामा ३ वटासम्म कुर्सी लगाएर राखिएको छ । कर्मचारी धेरै उभिएर काम गर्नु परेको गुनासो सुनाउँदै । नत सामान राख्ने ठाउँ छ न त कर्मचारी बस्ने ठाउँ नै त्यसैगरी चलेको कामको गती । दर्ता चलानी फाँट र कर्मचारी ब्यवस्थापन गर्ने प्रशासन फाँट प्यासेजमा राखिएका छन्, त्यहीँबाट काम हुँदै आएको छ । अस्तब्यस्तका बिचमा काम भईरहेको छ ।
यो अबस्था प्रदेश १ सरकार अन्तरगत आएको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय मोरङको हो । भएको संरचना प्रदेश सरकारका कर्मचारीहरुले ओगटेर बसिदिँदा काम गर्न नै अप्ठेरो हुँदै काम गर्दै आएका छन् । पुराना दुई कार्यालयहरु जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र सिचाई विकास डिभिजन खारेज भएर बनेको यस कार्यालय चालु आर्थिक बर्षको कार्यक्रमलाई अगाडी बढाउने तयारीमा छ । गत कात्तिक ११ गते देखि संचालनमा आएको कार्यालयले पहिलो चार महिनामा कुनै कामै गर्न पाएन । पुराना कार्यालय खारेज हुँदै नयाँ कार्यालय स्थापना भएपनि कार्यालय संचालनको लागि आबस्यक पर्ने संरचनाको अभावमा कार्य संचालनमा समस्या हुँदै आएको छ । प्रदेश मन्त्रालय राख्ने भनेर खाली गाराईएको जल उत्पन्न प्रकोप डिभिजन कार्यालयमा मन्त्रालय त आएर बसेन तर ति मन्त्रालयका कर्मचारी आएर भवनलाई कब्जा जमाउँदा नयाँ स्वरुपमा आएको कार्यालयलाई कार्य संचालनमा नै समस्या देखिएको हो ।
सिचाई विकास डिभिजन कार्यालय परिसरमा ३ वटा ठुला भवन रहेका छन् । एउटा पुरानो भवनलाई रंग रोगन गरेर चिटिक्क पारिएको छ भने बिचको भवनलाई पनि राम्रो बनाईएको छ । बिचको भवनको माथिल्लो तलामा विपद ब्यवस्थापन गोदाम भनेर बोर्ड झुण्ड्याईएको छ तर तल्लो तलामा कार्यालयको लागि बनाईएको भवनमा मन्त्रालयका कर्मचारी ल्याएर राखिएको छ । उत्तरपट्टीकिो पुरानै खालको भवनमा अहिलेको नयाँ संरचनामा आएको प्रदेश सरकार माताहतको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय अबस्थित छ । ३ तले यो भवनको माथिल्लो पुनः निर्माणको चरणमा रहेको छ भने बिचको तलामा कार्यालय प्रमुखको आवास बर्षौदेखि रहँदै आएको कार्यालयका कर्मचारीहरु बताउँछन् । तर भईँतलामा भने ४वटा कोठाका बिचमा काम भईरहेको छ । १७ जना कर्मचारी रहेको यस कार्यालयमा १५ जना स्थायी कर्मचारी छन् भने २ जना कार्यालय सहयोगी करारमा राखिएको छ । प्राबिधिक कार्यालयको रुपमा रहेको यस डिभिजन कार्यालयमा १० जना प्राबिधिक र ५ जना प्रशासन तर्फकोक कर्मचारी रहेका छन् तर बस्ने ठाउँ नहुँदा काम गर्न नै सकस भएको कार्यालयका लेखा अधिकृत लक्ष्मीप्रसाद नेपालले बताए । उनका अनुसार, पहिला कार्यालय रहेको बिचको भवन डिभिजन कार्यालयले पाउने बितिकै समस्या हल भएर जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्