तुलसीपुरमा दुर्घटनामा परी मृत्यु भएकाको शोकमा दाङका सबै शिक्षण संस्था बन्द

तुलसीपुरमा दुर्घटनामा परी मृत्यु भएकाको शोकमा दाङका सबै शिक्षण संस्था बन्द

दाङ पुष ८ । तुलसीपुरमा शुक्रबार भएको दुर्घटनामा परी मृत्यु भएकाको शोकमा दाङका सबै शिक्षण संस्था बन्द गरिएको छ ।

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाभित्र रहेका शिक्षण संस्था बन्द गरिएको हो ।

शैक्षिक क्षेत्रमा भएको सबैभन्दा ठूलो दुर्घटना उल्लेख गर्दै स्थानीय शिक्षा समितिले घोराही, तुलसीपुर र लमही क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

 

गत शुक्रबार घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार बस तुलसीपुर उपमहानगरपालिका—३ राम्रीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी २३ जनाको निधन भएको छ । १४ जना घाइते भएका थिए ।

दुर्घटनामा परि मृत्यु भएका सातजनाको शवलाई जुम्ला लगिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत दिउँसो चार बजे जुम्लाको ६ वटा र डोल्पाको एक जनाको शव जुम्ला लगिएको हो । दाङको तुलसीपुरको टरिगाउँ एयरपोर्टबाट उनीहरुको शव जुम्ला लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्