सिराहामा एक किलोग्राम अवैध चाँदीसहित दुईजना पक्राउ

<span class='c1'>सिराहामा एक किलोग्राम अवैध</span> <span class='c2'>चाँदीसहित दुईजना पक्राउ</span>

सिराहा । सिराहामा एक किलोग्राम अवैध चाँदीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका–८ महिसोथाका ४० वर्षीय रामबाबु साह र २० वर्षीय पंकज कुमार साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय माडरको टोलीले भारतको जयनगरबाट सिराहातर्फ आउँदै गरेको ना.५७ प ६५३९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ किलो, नेपाली ४३ हजार ४ सय ६० रुपैयाँ र भारतीय ५ सय ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्