क्रिसमसमा सार्वजनिक बिदाको माग गर्दै मोटरसाइकल र्‍याली

<span class='c1'>क्रिसमसमा सार्वजनिक बिदाको माग</span> <span class='c2'>गर्दै मोटरसाइकल र्‍याली</span>

काठमाडौं पुष ८ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आइतबार मोटरसाइकल र्‍याली निकालेको छ ।

बिजुली बजारदेखि शुरु भएको उक्त र्‍याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले र्‍यालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सहअस्तित्वलाई कायम राख्नुपर्नेमा जोड दिए ।

उनले नेपालले विश्वव्यापी मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले सबै धर्मावलम्बीलाई समान व्यवहार गर्नुपर्ने बताए ।

महासङ्घका अध्यक्ष सिबी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा त्यसको प्रचारप्रसारका लागि र्‍याली गरिएको बताए । उनले सरकारले वर्षमा एक दिन सो समुदायलाई सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।

दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ ।

देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ ।

सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ । उक्त र्‍यालीमा करीब ४०० को सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्