बेलबारीमा मोटरसाईकल दुर्घटना , २ जनाको मृत्यु

<span class='c1'>बेलबारीमा मोटरसाईकल दुर्घटना ,</span> <span class='c2'>२ जनाको मृत्यु</span>

बेलबारी पुष ८ । पुर्वपश्चिम लोकमार्गको बेलबारी कानेपोखरी सडकखण्ड अन्र्तगत मोरङको बेलबारी ८ स्थित जंगलमा रोकिराखेको बसमा आईतबार दिउँसो मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट काकडभिट्टा तर्फ जाँदै गरेको मातृभाग्यरेखा यातायातको ना ४ ख ४८१३ नम्बरको बस यात्रुलाई पिसाव फेर्नका लागी रोकिराखेको अबस्थामा सोही दिशातर्फ गईरहेको मे ८ प १८७८ नम्बरको मोटरसाईकल ठोक्किँदा चालक ईलामको फाकफोकथुम गाँउपालिका ५ का २२ बर्षिय प्रबिण तामाङ र पछाडी सवार झापाको बुद्धशान्ति गाँउपालिका ३ की ४५ बर्षिया नरमाया तामाङको उपचारका लागी धरान लैजाने क्रममा बाटोमै ज्यान गएको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख असई लिला श्रेष्ठले जानकारी दिएका छन ।
चालक र बस प्रहरीको नियन्त्रणमा रहेको समेत उनले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएकाहरु नतामा फुपु र भदा रहेको खुल्न आएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्