विराट एक्स्पाेमा दर्शककाे भिड बढ्दाे, तीन दिनमा सात कराेडकाे काराेवार

<span class='c1'>विराट एक्स्पाेमा दर्शककाे भिड बढ्दाे,</span> <span class='c2'>तीन दिनमा सात कराेडकाे काराेवार</span>

विराटनगर, ८ मंसिर । विराटनगरमा शुक्रबारदेखि सुरु भएको विराट ट्रेड एक्स्पोमा अाईतवार साँझसम्म सात करोड भन्दा बढीको कारोवार भएको छ । अन्तर्राष्ट्रिय स्तरकाे भनिएकाे ब्यापार मेला सुरु भएको तीन दिनमै यितकाे काराेवार गरेकाे हाे ।

नेपाल भारत बंगलादेश,पाकिस्तानका २५० स्टलहरुबाट सात करोड भन्दाबढी कारोवार भएको मेला आयोजक समिति संयोजक अनुपम राठीले जानकारी दिए ।  शुरुकाे दिन दर्शक नै नपाएकाे मेलाले दाेश्राे दिन देखि मात्र काराेवार ब९ेकाे थियाे ।  दैनिक तीन करोड भन्दाबढी कारोवार भएको राठीकाे दावी छ।  राठीले आइतबार मात्र तीनवटा गाडी बुक भएको बताए ।  राठीका अनुसार आइतबार ९ हजार दर्शकले मेलाको अवलोकन गरेका थिए । शनिवार २० हजार भन्दाबढी दर्शकले मेलाको अवलोकन गरेका थिए । पुस १४ गते सम्म चल्ने एक्पोमा पाकिस्तानबाट लेदर र बंगलादेशबाट गार्मेटका स्टलहरु पनि आएका छन् । एक्स्पाेमा २५० स्टलहरुम मध्ये २५ वटा स्टलहरु अन्तराष्ट्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्