उपसभामुख तुम्वाहाङफेको निर्देशनमा सरुवा-बढुवा आतंक

उपसभामुख  तुम्वाहाङफेको निर्देशनमा सरुवा-बढुवा आतंक

काठमाडौ, ९ पुस। सघीय ससदमा उपसभामुख डा.शिवमाया तुम्वाहाङफेको निर्देशनमा राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेरको आतंक मच्चिएको खबर आजको नेपाल समाचारपत्रले छापको छ । छ ।

समाचारकाे अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सचिव राजेन्द्र फुँयालको डिजायनमा उपसभामुख ठाडो हस्तक्षेप र निर्देशनमा राजनीतिक आस्थाका आधारमा भटाभट कर्मचारी सरुवा भएको एक पीडित कर्मचारीले बताएका छन् ।  संसद कर्मचारी व्यवस्थापन ऐनले राजनीतिक नेतृत्वलाई कर्मचारी सरुवाको कुनै अधिकार नदिएको भएपनि कानूनको ठाडो उल्लघन र बर्खिलाप गरी हस्तक्षेपकारी ढंगबाट कर्मचारीको सरुवा भएको छ– सघीय संसदका एक अधिकृतले नेपाल समाचारपत्रलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्