मोरङको नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण, साढे ३ सय परिवार लाभान्वित

मोरङको नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण,  साढे ३ सय परिवार लाभान्वित

विराटनगर, ९ पुस । मोरङको मधुमल्लाको नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण भएपछि यस क्षेत्रका ३ सय ५३ घरपरिवार लाभान्वित भएका छन् । यसअघि मधुमल्लाका सर्वसाधारण वर्षायाम लाग्नेबित्तिकै वक्राहा र नुनसरी खोलाको त्रासमा रहने गरेका थिए । नेपाल रेडक्रश सोसाइटी मोरङ शाखाको पहल र विभिन्न सामाजिक संघसंस्थाको सहयोमा नुनसरी बक्राहा खोलामा तटबन्ध बनाइएको हो । रेडक्रश मोरङले दिएको विपद् व्यवस्थापन तालीमपछि मधुमल्लावासी सचेत भएका छन् ।

हिउँदमा हात्तीको आतंक र बर्खा नुनसरी बक्राहाको त्रास झेल्दै आएकोमा तटबन्ध बनेपछि आफूहरूले राहत महसूस गरेको स्थानीय गंगा बुढाथोकीले बताए । यद्यपि, नुनसरी बक्राहा खोलामा बनेको तटबन्ध दीर्घकालीन नभएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । दिगो र पक्का खालको तटबन्ध नबनेसम्म मधुमल्लावासी ढुक्क भएर बस्न नसक्ने उर्लाबारी नगरपालिका–१ का वडाध्यक्ष मचीन्द्र कार्कीले बताए । उनका अनुसार यसका लाग केन्द्रीय सरकारको बजेट आवश्यक पर्छ ।

नुनसरी–बक्राहा खोलाको समस्या समाधानका लागि जनप्रतिनिधिले समेत पटक–पटक पहल गरेका छन् । तर, प्रदेश सरकार र केन्द्र सरकारले चासो नदिँदा स्थायी तटबन्ध बन्न नसकेको उनीहरूको गुनासो छ । व्यवस्थित तटबन्ध निर्माणका लागि उर्लाबारी नगरपालिकाले पनि सरोकारवाला निकायलाई घचघच्याइरहेको नगर प्रमुख खड्ग फागोले बताए ।

यता, नेपाल रेडक्रश सोसाइटी मोरङले समेत तटबन्धका लागि खर्च जुटाउन बनाउन विभिन्न दातृनिकायसँग अनुरोध गर्दै आएको छ । तटबन्ध निर्माणका लागि रेडक्रश मोरङ शाखा आफैले २ लाख ५० हजार सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्