विराटनगरका चर्चित जुवाडे चुन्नु राठी पक्राउ, म्याद थप गरी अनुसन्धान शुरु

विराटनगरका चर्चित जुवाडे चुन्नु राठी पक्राउ, म्याद थप गरी अनुसन्धान शुरु

विराटनगर, ९ पुस ।सुरक्षा गार्ड राखेर जुवा खेल्दा खालबाट फरार भएका चर्चित जुवाडे विराटनगर – २ का चुन्नु राठीलाई प्रहरीले पक्राउ गरेको छ । राठीलाई आइतबार विराटनगरबाट पक्राउ गरेको हो । मोरङ बुढिगंगा गाउँपालिका १ स्थित व्यापारी चम्पालाल राठीको गोदाम घरमा जुवा खेल्दा राठी कार्तिक २७ गते पैसाँ लिएर फरार भएको उनीमाथि आरोप लागेको थियो । उनीसँगै जुवा खेल्ने अन्य पाँच जना व्यापारी पक्राउ परी जुवा ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दयार गरेको थियो । जिप्रकाको आदेश अनुरुप उनीहरू धरौटीमा  छुटेका थिए ।
तर, जुवा खालबाट फरार भएका राठीलाई मोरङ प्रहरीले फरार प्रतिवादी बनाएर जुवा ऐन अन्तरगत मुद्दा चलाएको थियो । प्रहरीले त्यसबेला राठीले बोक्ने मोइवल सेटसमेत बरामद गरेको थियो । त्यस बेला जुवा खालमा प्रहरीले छापा मार्न आएकोे थाहा पाएपछि जुवा खालबाट उनी भने भागेका थिए । राठी विराटनगरका चर्चित जुवाडे हुन् । पक्राउ परेका राठीलाई मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीको अनुसार त्यस बेला पाँच जना व्यापारीसहित जुवा खालबाट १ लाख ९० हजार १ सय ४० रुपैयाँ बरामद गरेको थियो । ब्लाष्ट दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्