विराटनगर,९ पुस । माेरङ प्रहरीले बिभिन्न अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र पारेकाे छ। दुई महिनाकाे अवधिमा प्रहरीले बिभिन्न अपराधमा संलग्नभई फरार रहेका ४९ जनालाई पक्राउ अदालत पेश गरेकाे छ । प्रहरकिो अनुसार मंसिरमा ३९ र पौष महिनामा १८ गरि जम्मा ४९ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरि मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । उनीहरूबाट ५७ वर्ष २ महिना २३ दिन कैद र ११ लाख ६२ हजार ४सय ३५ रुपैया जरिवाना अशुल उपर भएको माेरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।