घर भएका सांसदलाई कोठाभाडाको ‘स्वाद’, प्रदेश १ मा ६ जना बाहेक सबैले बुझे काेठा भाडा

घर भएका सांसदलाई कोठाभाडाको ‘स्वाद’, प्रदेश १ मा ६ जना बाहेक सबैले बुझे काेठा भाडा

विराटनगर, ९ पुस ।   एक नम्बर प्रदेश सांसदले घरमै बसेर घरभाडा वापतको रकम लिँदै आएको पाइएको छ । राजधानीमा घर भएका संघीय संसदका सांसदहरुले घरभाडा लिइरहेका सामाचारहरु सार्वजनिक भइरहँदा प्रदेश १ सांसदहरुले पनि घरभाडा वातपको रकम लिइरहेको पाइएको छ ।  घरभएका सांसदहरुले पनि संसद सचिवलायबाट घर भाडा बापतको रकम बुझिरहेका हुन् ।

प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसदमा आउँने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ  । संसद नियमावली अनुसार १५ किलोमिटर भन्दा बाहिर घर भएका सांसदले घरभाडा लिन पाउने व्यवस्था गरेको छ ।

कानूनले सहजै बाटो खोलिदिँदा केही सांसद बाहेक सबैले कोठाभाडा बापत पाउने १५ हजार लिँदै आएका हुन् । प्रदेश १ संसद सभामा ९३ जना सांसदहरु रहेका छन् । ति मध्ये घरभाडा सुबिधा नलिनेमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सांसद कल्पनाकुमारी सरदार, चुमनारायण तवदार, विद्यानन्द चौधरी रहेका छन् भने नेकपाबाट यशोदा अधिकारी  र साबित्रा रेग्मीले घरभाडा सुबिधा नलिएको सांसद सचिवालयको तथ्यांकमा देखिन्छ ।

विराटनगरमा नै घर भएका धेरै सांसदहरुले घरभाडा लिएको पाइएको छ । यसरी बिराटनगरमा नै घर हुने नेपाली कांग्रेसका सांसद बिन्दीया कार्की, शान्ता पौडेल, शिवकुमार गन्गाईले घरभाडाको रकम मासिक बुझ्दै आएका छन्  । त्यस्तै नेकपाका लिलाबल्लभ अधिकारी, बसन्ती यादव, ज्ञानेश्वर राजबंशीले घर भएर पनि घर भाडा वापतको रकम संसद सचिवालयबाट बुझ्दै आएका छन् ।

घरमै बसेर घरभाडा लिने सांसदहरु

संसद सचिवालयबाट घरभाडा लिएर घरबाटै संसदमा धाउँने सांसदहरुको संख्या प्रदेश नम्बर एकमा ठूलै रहेको छ । सभामुख प्रदिप भण्डारी, उपसभामुख सरस्वती पोखरेलसहित अधिकांश सांसदहरु घरबाट नै संसद बैठकहरुमा उपस्थित हुने गरेका छन् तर  घरभाडा वापतको रकम भने उनीहरुले बुझ्ने गरेका छन् ।

त्यस्तै सुनसरी जिल्लाका सांसदहरु सबैले नै संसदबाट १५ हजार घरभाडा लिँदै आएका छन्  । ति सांसदहरुमा लिलम बस्नेत, सर्बध्वज साँवा, अगमलाल चौधरी, राजिव कोइराला, भीमप्रसाद आचार्य, चन्द्रप्रसाद श्रेष्ठ, ज्योती सुब्बा, नबोदिता कुमारी चौधरी, मोहम्मद ताहिर मियाँ, साबित्री जोशी रहेका छन्  । उनीहरु संसद चलेको बेला घरबाट नै आउने गरेका छन्  । धनकुटाको समानुपातिक सांसद विना राईको पनि धरानमा घर रहेकाले घरबाटै संसद बैठकहरुमा उपस्थित हुने गरेकी छिन् ।

मोरङकै घरबाट धाउने सांसदहरुमा उपेन्द्रप्रसाद घिमिरे, कृष्णकुमारी राई, गुलेफुल मियाँ, राजकुमार ओझा, लोकप्रसाद संग्रौला, विजयकुमार विस्वास, शिव नारायण गन्गाई, शेखरचन्द्र थापा, मोरङ जिल्लामै घर भएर पनि आफ्नै घरबाट सदन आउजाउ गर्ने सांसदहरुमा पर्दछन्  । तर यी सबै सांसदहरुले हरेक महिना घरभाडा बुझ्दै आएका छन्  ।

झापाबाट दुःखले धाउने सांसदहरु

सुनसरी र मोरङ भन्दा अलिक टाढा रहेको जिल्ला झापा घरदेखि नै धाउने संसदको संख्या अत्याधिक छ । झापाबाट करिब ३ घण्टामा बिराटनगर आइपुगिने भएकोले अधिकांश सांसदहरु बैठकका दिन आउँजाउ गर्ने गरेका छन् । कतिपय सांसदहरुको आफ्नै गाडी छ भने कतिपय गाडी रिजर्भ गरेर संसद बैठकमा आउँने गरेका छन् । झापाबाट प्रतिनिधित्व गर्ने सांसदहरुमा अर्जुन राई, एकराज कार्की, ओम सराबगी, गोपालचन्द्र बुढाथोकी, जसमायाँ गजमेर, झलकबहादुर मगर, पुर्णप्रसाद राजबंशी, बृखबहादुर प्रधान, बसन्तकुमार बानियाँ, श्रीप्रसाद मैनाली, हिराकुमार थापा र रामचन्द्र लिम्बु रहेका छन्  । सांसद मैनालीको गाडीमा धेरै सांसदहरु आउजाउ गर्छन् ।

यस्तो सुविधा 

एक नम्बर प्रदेश सभा सचिवालयले सांसदहरुलाई ४५ हजार तलवको ब्यवस्था गरेको छ । त्यस्तै बिजुली पानीमा १५ सय तथा संचार खर्चको रकम  १५ सय गरी हरेक सांसदले नियमित पाउने सेवा सुबिधा ४८ हजार हो । यसमा घरभाडा वापतको १५ हजार जोड्दा ६३ हजार हुन आउँछ । त्यस्तै बैठक बसेको दिन सांसदहरुले तलव भन्दा बाहेक बैठक भत्ता वापत ७५० रुपैयाँ पाउँदै आएका छन् भने सदनसम्म आउनको लागि २५० रुपैयाँ यातायात खर्च पाउँछन्  । भाडामा बस्ने या नबस्ने सबैले त्यो यातायात वापतको रकम पाउँदै अाएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्