भेडेटारबाट मात्र ४ हजार ९ सयमै हेलिकोप्टर सफारी !

भेडेटारबाट मात्र ४ हजार ९ सयमै हेलिकोप्टर सफारी !

बिराटनगर पुष ८ ,  होटल एसोसिएसन अफ भेडेटारले पुस १६, १७ र १८ मा गर्ने भेडेटार फुड फेस्टिभलमा हेलिकोप्टर उडान गर्ने भएको छ ।

पुर्वका जनतालाई लक्षित गरी उक्त उडान गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

सिम्रिक एयरसँगको सहकार्यमा ४ हजार ९ सयमै भेडेटार फुड फेस्टिभलको अवसरमा हेलिकोप्टर सफर गराउँने कार्यक्रम रहेको रुम्दालीले बताए ।

यी ठाउ घुमाइने हेलिकोप्टरमा :

भेडेटार बजार, भेडेटारको सानो पाथीभरा, नाम्जे, ध्वजेडाँडा, साँगुरीगढी, राजारानी र अन्य आसपासको क्षेत्रमा हवाइ अवलोकन गराउन हेलिकोप्टर उडान गर्न लागिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्