बिराटनगरमा क्यान इन्फोटेक : पब्जी गेम कम्पिटिशन देखि रोबोकप सम्मको आकर्षण

बिराटनगरमा क्यान इन्फोटेक : पब्जी गेम कम्पिटिशन देखि रोबोकप सम्मको आकर्षण

विराटनगर, पुस ९ , 

विराटनगरमा पुस १९ देखि २३ गते सम्म क्यान इन्फोटेक आयोजना हुन गइरहेको छ।

१ सय २० स्टल रहने उक्त इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लगायत  सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसैगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक सस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन ।

साथै कार्यक्रममा आइसिटी कन्फरेन्स, सोसल मुभमेन्टलगायतका कार्यक्रमहरुमार्फत आइसिटी क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको जानकारी, प्रशिक्षण पनि संचालन हुने प्रचारप्रसार विभागका संयोजक जयन्त बोथराले जानकारी दिए ।

क्यान महासंघ मोरङले आयोजना गरेको सुविसु क्यान इन्फोटेक २०१९ प्रदेश स्तरिय हुने आयोजकले जनाएको छ । विराटनगर स्थित जैनभवनमा आयोजना हुने इन्फोटेकमा दर्जन बढि आकर्षणका विषयहरु समावेश गरिएको छ ।

यस्ता कार्यक्रम पनि : 

क्यान इन्फोटेकमा अवलोकनकर्ताहरुलाई उत्साहित बनाउन बिभिन्न नौला कार्यक्रमहरु हुनेछन्  । रोबोकप, अहिलेको चल्तीको पब्जी गेम कम्पिटिशन, स्मार्ट सिटी भिडियो कम्पिटिशन, ह्याकथुन लगायतका आकर्षणहरु रहेको आयोजकले जनाएको छ ।

अवलोकनकर्ताहरुलाई मनोरन्जन दिन उक्त कार्यक्रमहरु समावेश गरिएको आयोजकले जनाएको छ ।

साथै क्यान इन्फोटेक अवलोकनकर्ताहरुले लक्की ड्रमा दुबई भ्रमणको ट्रिप समेत जित्न सक्नेछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्