सुनसरीमा कदमको दाना खाएर १५ जना बिद्यार्थी बिरामी

<span class='c1'>सुनसरीमा कदमको दाना खाएर</span> <span class='c2'>१५ जना बिद्यार्थी बिरामी</span>

सुनसरी, पौष ०९ गते ।

सुनसरीको रामधुनी-६ मैनीमा कदमको दाना खाएर १५ जना बाल-बालिका बिरामी भएका छन् । आइतवार दिउँसो स्थानीय सरस्वती प्राथमिक बिद्यालय झोरीगाँउ मैनीमा पढेर घर फर्कने क्रममा बाटोमा कदमको दाना फुटाएर भित्रको दियोल खाएर रामधुनी-६ मुसहरी टोल बस्ने ३ देखी ८ बर्षका ६ जना र सुनसरी रामधुनी-६ ऋषीदेब टोल बस्ने ५ देखी १२ बर्ष सम्मका ९ जना बालबालिका बिरामी परेका हुन् ।

विरामी परेका बालबालिकाहरु मध्ये ८ जना बक्लौरीमा रहेको स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ७ जनालाई थप उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्