बिराटनगर पुष ९ , आफैंले बोकेको हतियार पड्किएर इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान घाइते भएका छन् ।
सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा प्रहरी जवान सन्जिव खड्काले बोकेको थ्री नट थ्री राईफल एक्कासी पड्कन गई घाइते भएका हुन् ।
उनको छातिको दाहिने भागमा गोली र हाल बिराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनले घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।