बिराटनगरमा क्यान इन्फोटेककाे तयारी तिब्र, २ लाखले अबलाेकन गर्ने

बिराटनगरमा क्यान इन्फोटेककाे तयारी तिब्र, २ लाखले अबलाेकन गर्ने

विराटनगर, ९ पुस
विराटनगरमा ७ वर्ष पछि क्यान इन्फोटेक २०१९ को आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिने तयारी गरिएको आयोजकले जनाएको छ । इन्फोटेकमा सुविसुले गरेको शिर्ष प्रायोजनमा म्याकक्याफे सेक्युरिटी प्रडक्टको एसोसिएसन रहेको छ ।
क्यान महासंघ मोरङले आयोजना गरेको सुविसु क्यान इन्फोटेक २०१९ प्रदेश स्तरिय हुने आयोजकले जनाएको छ । विराटनगर स्थित जैनभवनमा आयोजना हुने इन्फोटेकमा दर्जन आईटी सम्बन्धि बिषयहरु राखिने छन् । इन्फोटेक अवलोकनकर्ताहरुले लक्की ड्रमा दुबई भ्रमणको ट्रिप समेत जित्न सक्नेछन । रोबोकप, ह्याकथुन, पब्जी गेम कम्पिटिशन, स्मार्ट सिटी भिडियो कम्पिटिशन लगायतका आकर्षणहरु रहेको आयोजकले जनाएको छ ।
१ सय २० स्टल रहने इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लयायत सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसैगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक सस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन । अहिलेसम्म ५० प्रतिशत स्टल तथा स्पोन्सरहरु कन्फर्म भइसकेको स्टल व्यवस्थापक शैरभ गोल्छाले जानकारी दिए ।
विराटनगरको क्यान इन्फोटेकमा जेननेक्ष्ट प्लाटिनम स्पोन्सरमा रहेको छ भने टेल्ली, डेल्टा टेक, हाइसेन्स, खल्ती र एक्स्पर्ट एजुकेशनको सहयोग रहेको छ । यसैगरी प्रदेश नम्बर १ , विराटनगर महानगरपालिका र नेपाल प्रहरीको पनि सहयोग रहेको छ । धेरै वर्षको अन्तराल पछि भएको यो इन्फोटेक प्रदेश एक कै स्तरिय प्रविधि मेलाको रुपमा आयोजना हुने क्यान मोरङका अध्यक्ष राजन यादवले बताए । ईन्फोटेकमा २ लाखले अबलोकन गर्ने यादवको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्