साढे १० किलो गाँजा सहित उदयपुरमा १ जना पक्राउ

साढे १० किलो गाँजा सहित उदयपुरमा १ जना पक्राउ

उदयपुर, ९ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ भोर्लेनीबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।   ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदन्डीगढी नगरपालिका-३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा रानीटारबाट फत्तेपुर तर्फ गईरहेको को ३२ प ३८५४ नंम्बरको मोटरसाईकलमा सवार भोजपुर आमचौक गाउँपालिका-७ बस्ने बर्ष २२ को तुलसी राईलाई साढे १० किलो गाँजा सहित पक्राउ गरिएको हो । मोटरसाईकल चालक भोजपुरकै बर्ष ३० को राम श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास भईरहेको साथै पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्