मोरङको उर्लावारीमा आगलागी : ससुरा भागेर बाँचे बुहारीको जलेर मृत्यु

मोरङको उर्लावारीमा आगलागी : ससुरा भागेर बाँचे बुहारीको जलेर मृत्यु

विराटनगर, ९ पुस ।
मोरङको उर्लावारीमा भएको आगलागीमा परी एक महिलाको ज्यान गएको छ । उर्लावारी नगरपालिका वडा नम्बर ७ का ८४ बर्षिय रामबहादुर थापाको घरमा भएको आगलागीबाट उनकी बुहारी बर्ष ४५ की रिना थापाको ज्यान गएको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक राम तिमल्सिनाले जानकारी दिए ।
केहीबेर अघि लागेको आगोले घर जलेर नष्ट हुनुको साथै थापाको ज्यान गएको हो । काठले बनेको घरमा खरसँगै प्लाष्टिकले बेरेको घर भित्र थुनिएकी रिनाको जलेर ज्यान गएको हो । सासु र बुहारी फरक फरक कोठामा छुट्टीएर बसेकोले उनीहरु दुबैले फरक–फरक खाना पकाएर खाने गरेको ८४ बर्षिय ससुरा रामबहादुरले बताएको प्रहरीले जनाएको छ । ससुरा र बुहारी फरक फरक कोठामा खाना पकाएर खाँदै गरेको अबस्थामा आगलागी भएको प्रहरी निरिक्षक तिमल्सिनाले बताए ।
कोठामा ढोका लगाएको कारण रिनाको निस्कन नसकेर भित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढोका खुल्ला भएको भए उनको मृत्यु नहुने भएपनि ढोका लगाउनु नै उनको मृत्यु हुनुको कारण रहेको प्रहरीको अनुमान छ । प्रहरीले आगलागीको कारण बारे केही नबताएपनि ग्याँस लिक भएको हुनसक्ने जनाएको छ । आगलागीबाट करिब ५ लाखको क्षती भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्