विराट एक्स्पो विवादमा, क्वालिटी थाईफुड्सले मेला छाड्यो

विराट एक्स्पो विवादमा, क्वालिटी थाईफुड्सले मेला छाड्यो

विराटनगर, ९ पुस ।
शुरुका दिनमा नै दर्शक पाउन नसकेको भनिएको मेलाको तेश्रो दिनसम्म ७ करोडले कारोवार गरेको दाबी आयोजकको छ । तर ३ दिनमा ७ करोडको कारोवार कसरी भयो भन्ने स्पष्ट आधार आयोजक आफैसँग छैन । ३ वटा गाडीको बुकिङ भएको दाबी गरेको आयोजकले अन्य कारोवारमा के के भयो भनेको छैन । तर अन्तराष्ट्रिय स्तरको भनिएको ब्यापार मेलामा कारोवार भने आशालाग्दो देखिएको छ । दर्शकको चाप दोश्रो दिन देखि बढेको छ भने चोथो दिनसम्म राम्रो कारोवार भएको आयोजकको दाबी छ।
स्थानीय उत्पादनको प्रवद्र्धनको लागि भन्दै आयोजना गरिएको विराट एक्स्पोमा जुँगाको लडाईँ शुरु भएको छ । आयोजक मध्येका ब्यक्तिहरुल नै स्टल राखेका ब्यक्तिप्रति नकारात्मक  प्रस्तुत भएको क्वालिटी थाई फुड्स संचालकले आरोप लगाएको छ ।
आयोजक समितिका संयोजक अनुपम राठी सहित ब्यापार संघका उपाध्यक्ष प्रकाश मुण्दडा र नविन रिजालले गुण्डागर्दी गर्न थालेपछि आफुहरुले आज स्टल छाड्न बाध्य भएको उनीहरुकाे अाराेप छ। करिब २५० स्टल रहेको मेलामा हरेक स्टलबाट २० हजार भन्दा माथि उठाईएको छ । क्वालिटी थाई फुड्सले ३० हजारमा भ्याट थपेर दिने गरी स्टल लिएको थियो । तर मेलामा पनि सामान देखाएर राख्न नपाउने, देखाएर राखिए हटाउन लगाउने तथा बिभिन्न गाली गलौज गरेको कारण बाध्य भएर मेला छाड्नुपर्ने अबस्था उनीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्