बाह्रदशी गाउँपालिका एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै

बाह्रदशी गाउँपालिका एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै

झापा, १० पुस ।
यातायात व्यवस्था तथा ट्राफिक नियमको धज्जी उडाउँदै झापाका एक स्थानीय तहले एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै आएको खुलासा भएको छ । झापाको बाह्रदशी गाउँपालिकाले सरकारी निति नियमको धज्जी उडाउँदै कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको दुईवटा मोटरसाइकल खुलेआम प्रयोगमा ल्याएको सञ्चारकर्मीको स्थलगत रिपोटिङ्गका क्रममा भेटाएपछि यस्तो खुलासा भएको हो । कार्यालय परिसरमा रहेको दुईवटा मोटरसाइकलमा सेतो नम्बर प्लेटमा लेखिएको मे १ ब ७४९ नम्बर फेला परेको हो ।
दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सीसीको पल्सर रहेको छ । एउटा मोटरसाइकलमा लेखा अधिकृत सेवकबिक्रम राई र अर्को मोटरसाइकलमा इन्जिनियर नरेन्द्र श्रेष्ठले प्रयोग गर्दै आएका छन् । यता एउटै नम्बर प्लेटको दुई वटा मोटरसाइकलको बिषयमा अनुसन्धान गर्दा एउटा मोटरसाइकलको नम्बर मे १ ब ७५६ रहेको फेला परेको हो । २०७५ साल असोज २९ गते मेची यातायात व्यवस्था कार्यालयमा दर्ता भएको एउटा मोटरसाइकलको सही नम्बर बुलुबुकबाट खुलेको हो । अर्को नम्बर कति हो भन्नेमा खुलासा भएको छैन् । त्यसको बुलुबुक गाउँपालिका कर्मचारीले देखाउन नमानेपछि एउटा मोटरसाइकल रहस्यमय बनेको छ । गाउँपालिकाले एउटै नम्बरको मोटरसाइकल प्रयोगमा ल्याउनु चरम लापरवाहीको भएको स्थानीयको भनाइ छ ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद नेपालले एउटै नम्बर प्लेटको मोटरसाइकल बारेमा हिजो मात्र थाहा पाएको गैरजिम्मेबारी पुर्ण अभिब्यक्ति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्