ईटहरी, १० पुस ।
मुलुकमा वढी रहेको भष्ट्राचार नियन्त्रणका लागि युवाहरुले भूमिका निर्वाह गर्नु पर्नेमा सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । युवा विकास केन्द्र इटहरीको संयोजनमा भ्रष्टाचार नियन्त्रणका विषयमा सचेतना अभियान अन्र्तगत रेयुकाई चौतारीमा आयोजित कार्यक्रममा भ्रष्टाचार विरुद्धमा संदेशमुलक नृत्य, युवाहरुको मत सर्भेक्षण समेत लिइएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले भष्ट्राचारले मुलुकलाई जरजर वनाउने भन्दै भष्ट्राचार गर्ने प्रवृति रोक्न सवै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।